ठाटीकाँध गाउँपालिका स्वास्थ्य सहायता कक्ष

ठाटीकाँध गाउँपालिका स्वास्थ्य सहायता कक्ष

दैलेख : जिल्लाको ठाटीकाँध गाउँपालिकामा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उक्त कक्ष स्थापना गरिएको हो । कोभिड–१९ बाट बच्न र बचाउनका लागि गाउँपालिकाको अगुवाईमा कक्ष सञ्चालनमा ल्याईएको बताईएको छ ।

कक्ष सञ्चालनका लागि ठाटीकाँध गाउँपालिका, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, प्रहरी चौकी ठाटीकाँधले संयुक्त रुपमा सहजिकरण गरेका छन् । गाउँपालिकामा एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सोसेक नेपालमार्फत गुणस्तरिय शिक्षा अभिबृद्धि, स्वास्थ्य र जीविकोपार्जन सहयोग कार्यक्रम (सहकार्य) सञ्चालित छ ।

सहायता कक्षमा प्रहरी चौकीबाट एक जना कर्मचारी गाउँपालिकाबाट एक जना स्वास्थ्य प्राविधिक र सोसेक नेपालबाट एक स्वास्थ्य प्राविधिक खटिएको सहकार्य कार्यक्रमका संयोजक जीवराज रेग्मीले जानकारी दिए ।

कक्षबाट ज्वरो लगाएतका बिरामीहरुको सामान्य स्वास्थ्य परीक्षण, मास्क नलगाएकाहरुलाई मास्क वितरण, कोभिड–१९ र नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणबाट जोगिनका लागि अनिवार्य रुपमा माक्सको प्रयोग गर्न तथा सामाजिक दुरी कायम राख्न लगाएतका विषयमा स्थानीय नागरिकहरुलाई सचेत गराउने गरिएको छ ।

प्रतिक्रिया