दैलेखमा आजबाट सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

दैलेखमा आजबाट सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

दैलेख : दैलेखमा आजदेखि सार्वजनिक स्थानमा जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखले यस अघि नै जारी गरेको सूचनामा सार्वजनिक स्थानहरु सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायात, बैंक तथा वित्तीय संस्था लगाएतका स्थानमा जाँदा खोप कार्ड बोक्नुपर्ने उल्लेख छ ।

खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि हुनेछ । सम्बन्धीत निकायहरुले खोप कार्ड हरेर मात्र आगन्तुकलाई प्रवेश गर्न दिनुपर्ने जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ ।

 

प्रतिक्रिया