सोलार लिफ्टमार्फत तीन गाउँमा सिँचाइ सुविधा

सोलार लिफ्टमार्फत तीन गाउँमा सिँचाइ सुविधा


आठबीस नगरपालिका–२ सिस्ने गाउँमा सिँचाइ सुविधा पु¥याउन सोलार लिफ्ट सिँचाइ योजना अन्तरगर्त जडान गरिएको सोलारपाता ।

दैलेख : जिल्लाको आठबीस नगरपालिका–२ सिस्ने गाउँलाई कर्णाली राजमार्गले छिचोलेको छ । यो गाउँको तलपट्टी कर्णाली नदि बग्छ । नदि छेउमै रहेको सिस्ने गाउँ बर्षौदेखि सिँचाई सुविधाबाट बञ्चित रहँदै आयो । सिँचाइ सुविधा नहुँदा कयौपटक स्थानीयले लगाएको तरकारी बारीमै सुक्यो । तर, वर्षौंसम्म नदीको पानी गाउँमा ल्याउने योजना बनेन् । सिँचाइ अभावले खेती गर्न समस्या भएपछि स्थानीय कृषकले समस्या समाधानका लागि पटक–पटक विभिन्न निकायसँग हारगुहारसमेत गरे । स्थानीयको हारगुहार बल्ल सुनुवाई भएको छ ।

कर्णाली नदिको पानी सोलार लिफ्टमार्फत बस्तीमा ल्याएर गाउँमा सिँचाई सुविधा पु¥याउने गरी काम भईरहेको छ । डीसिए नेपालको सहयोगमा सोसेक नेपालमार्फत सञ्चालिन उत्थान र साकार परियोजना, आठबीस नगरपालिकाको संयुक्त लगानीमा सिस्ने गाउँमा सिँचाई सुविधा पु¥याउन लागिएको हो । परियोजनाको १८ लाख ९१ हजार, नगरपालिकाको दुई लाख ३९ हजार र स्थानीय उपभोक्ताको एक लाख ७८ हजार गरी २२ लाख ९८ हजार रुपैयाँ लागतमा सिस्ने गाउँमा सोलार लिफ्ट सिँचाइ योजना निर्माण भइरहेको हो । योजनाबाट स्थानीय ६३ घरपरिवार कृषकले सिँचाई सुविधा पाउनेछन् । गाउँमा पहिलो पटक सोलार लिफ्ट मार्फत सिँचाइ योजना निर्माण भएपछि सिँचाइका लागि सहज हुने स्थानीय बताउँछन् ।

सिस्ने गाउँमात्र होइन, अछामको पञ्चदेवल विनायक नगरपालिका–४ कुजेडा गाउँपनि कर्णाली नदि छेउमै पर्छ । उक्त गाउँका स्थानीय बर्षौदेखि तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीका लागि भरपर्दो सिँचाई सुविधा भने छैन् । उक्त गाउँमा पनि सोलार लिफ्ट सिँचाइ योजना निर्माण भइरहेको छ । परियोजनाको १२ लाख २६ हजार, नगरपालिकाको सात लाख ९३ हजार र स्थानीय उपभोक्ताको एक लाख ९९ हजार गरी २२ लाख आठ हजार रुपैयाँ लगानीमा कुजेडा बस्तीका लागि सोलार लिफ्ट सिँचाइ योजना निर्माण भइरहेको छ । उक्त योजनाबाट स्थानीय ६० बढि कृषकहरुले सिँचाई सुविधा पाउनेछन् ।

सिस्ने र कुजेडा बस्तीसँगै दैलेखको दुल्लु नगरपालिका–२ बडापोखरामा पनि ३२ लाख ४० हजार रुपैयाँ लागतमा सोलार लिफ्ट सिँचाइ योजना निर्माण भइरहेको छ । गाउँका ९८ कृषकलाई सिँचाई सुविधा पु¥याउने लक्ष्य सहित निर्माण भईरहेको योजनामा परियोजनाको २२ लाख ५३ हजार, नगरपालिकाको सात लाख नौ हजार र स्थानीयको दुई लाख ७७ हजार रुपैयाँ लगानी रहेको सोसेक नेपालका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिए । सिँचाइ सुविधा पुगेपछि तीन वटै गाउँमा व्यवसायिक तरकारी खेती गर्ने कृषकहरु बढ्ने अपेक्षा गरिएको श्रेष्ठले बताए । अहिले तीन वटै गाउँमा सोलार लिफ्ट मार्फत सिँचाइ योजना निर्माणाधिन अवस्थामा रहेको श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया