आठबीसका पाँच जना बालबालिकालाई छात्रबृति

आठबीसका पाँच जना बालबालिकालाई छात्रबृति

दैलेख : विभिन्न कारणले जोखिमा परेका विपन्न बालबालिकाहरुलाई छाबतृति सहयोग गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले छात्रबृति सहयोग उपलब्ध गराएको हो । संस्थाद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८/महिला र बालबालिका केन्द्रले छात्रबृति सहयोग उपलब्ध गराएको हो ।

आठबीस नगरपालिका वडा नं. ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत पाँच जना बालबालिकालाई छात्रबृति स्वरुप शैक्षिक सामग्रीहरु झोला, कापी विद्यालय पोषाक, लगाएतका सामग्री सहयोग गरिएको हो ।

उक्त सामग्री मंगलवार आठबीस नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रयागबहादुर शाही लगायतको उपस्थितीमा बालबालिकाहरुलाई उपलब्ध गराईएको छ । छात्रबृति पाएका बालबालिकाहरु खुसी व्यक्त गर्दै संस्थालाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।

प्रतिक्रिया