जोखिममा परेका बालबालिकालाई न्यानो कपडा वितरण

जोखिममा परेका बालबालिकालाई न्यानो कपडा वितरण

दैलेख : जिल्लाको गुराँस गाउँपालिकाका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । विभिन्न कारणले जोखिमा परेका तीन सय पाँच जना बालबालिकालाई न्यानो कपडा (ज्याकेट) वितरण गरेको हो ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र गुराँस गाउँपालिकाको समन्वयमा संचालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बालबालिकालाई न्यानो कपडा उपलब्ध गराईएको हो । बालबालिकालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो ।

गुराँस गाउँपालिकाका ८ वटै वडामा जोखिमको सूचीममा रहेका बालबालिका मध्ये अति जोखिममा परेका बालबालिका छनौट गरेर तीन सय पाँच जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको सोसेक नेपालका बाल संरक्षण संयोजक निर्मल अधिकारीले जानकारी दिए ।

बालबालिकालाई चिसोबाट जोगाउन सहयोग पुग्ने बाल संरक्षण संयोजक अधिकारीको भनाई छ । बालबालिकाहरुलाई वडा तहमै वडाध्यक्ष लगाएत जनप्रतिनीधि तथा कर्मचारीहरुको उपस्थितीमा न्यानो कपडा वितरण गरिएको छ ।

गुराँस गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष हिमबहादुर ओलीले जोखिममा परेका बालबालिकाहरुलाई वितरण गरिएको न्यानो कपडाले चिसोबाट जोगाउन सहयोग पुग्ने बताए चिसोको समयमा न्यानो कपडा पाएसँगै बालबालिकाहरु खुसी भएका छन् ।
तस्विरमा हेर्नुहोस्, बालबालिकालाई न्यानो कपडा वितरण कार्यक्रम :

प्रतिक्रिया