राष्ट्रिय सभामा कर्णालीबाट गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रिय सभामा कर्णालीबाट गठबन्धनका उम्मेदवार विजयी

सुर्खेत : कर्णालीबाट राष्ट्रिय सभामा गठबन्धनका तीनजनै उम्मेदवार विजयी भएका छन् । उनीहरुले एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् ।

बुधबार सम्पन्न निर्वाचनमा अन्यतर्फ उदय बोहोरा (एकीकृत समाजवादी), अपांग/आदिवासीतर्फ नरबहादुर विष्ट (माओवादी केन्द) र महिलातर्फ दुर्गाकुमारी गुरुङ (कांग्रेस) निर्वाचित भएका हुन् । निर्वाचन परिणामअनुसार अन्यतर्फ बोहोराले ३ हजार ६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी चुडामणि शर्माले १ हजार ४ सय १६ मत ल्याएका छन् ।

अपांग/आदिवासीतर्फ विष्टले ३ हजार ६ र उनका निकटम प्रतिद्वन्द्वी पदमबहादुर माझीले १ हजार ३ सय ९८ मत ल्याएका छन् । महिलातर्फ गुरुङले २ हजार ९ सय ७० मत ल्याउँदा उनकी निकटम प्रतिद्वन्द्वी गंगा महतले १ हजार ४ सय १६ मत ल्याइन् । गुरुङ सहिदपत्नी हुन् । उनका श्रीमान् यज्ञबहादुर गुरुङलाई तत्कालीन माओवादी विद्रोहीले २०५८ सालमा हत्या गरेका थिए ।

प्रतिक्रिया