पहिरो रोक्न बायो इन्जिनियरिङ

पहिरो रोक्न बायो इन्जिनियरिङ

दैलेख : जिल्लाको आठबीस नगरपालिका वडा नं. १ सात्तलास्थित खाडा खोला । केहिबर्ष अघि गएको पहिरोले खाडाखोलाको माथिल्लो भागमा रहेको गाउँनै जोखिममा प¥यो । उक्त क्षेत्रमा पहिरो रोकथाम गर्न अहिले बायो इन्जिनियरिङ प्रविधि अपनाईएको छ । साना पहिरो रोकथाम गर्न रूखबिरुवा प्रयोग गरिने प्रविधि बायो इन्जिनियरिङ  हो ।

झण्डै ६० देखि ६५ घरधुरी रहेको गाउँलाई पहिरोबाट जोगाउन बायो इन्जिनियरिङ प्रविधि अपनाईएको हो । डिसिए नेपालको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा सञ्चालित साकार परियोजनामार्फत बायो इन्जिनियरिङ प्रविधि अपनाईएको हो ।

स्थानीय सल्लेरी चौर सामुदायिक वन समितिबाट माग भए बमोजिम पहिरो रोकथामका लागि बायो इन्जिनियरिङ प्रविधि अपनाईएको हो । एक लाख १८ हजार ८ सय रुपैयाँ लागतमा बायो इन्जिनियरिङ गरिएको साकार परियोजनाका संयोजक पुस्करप्रसाद शर्माले बताए ।

बायो इन्जिनियरिङ प्रविधिबाट पहिरो रोकथामका लागि असुरा, सियाँली लगाएतका रुख बिरुवा रोपिएका छन् । बिरुवालाई पहिरोको प्रकृतिअनुसार सीधा, ठाडो र तेर्सो गरी रोपिएका छन् । बायो इन्जिनियरिङका लागि स्थानीय ६० जनाले काम गरेका थिए । बायो इन्जिनियरिङ प्रविधिको प्रयोगपछि पहिरो रोकथाम हुने स्थानीय बासिन्दाले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया