हिउँको घुम्टोमा गुराँसे (फोटोफिचर)

हिउँको घुम्टोमा गुराँसे (फोटोफिचर)


दैलेख : गुराँस गाउँपालिकाको गुराँसे क्षेत्रलाई हिउँले ढपक्क ढाकेको छ । गुराँस गाउँपालिकाको घोडाबास, गाईबान्ना, गुराँसे, रानीमत्ता तथा दैलेख र कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सिमा रानीमत्ता अहिले हिउँले सेताम्य बनेको छ । यस बर्ष गत बिहीवार रातीदेखिनै हिमपात सुरु भएको थियो । शुक्रवारबाट भने हिमपात रोकिएको छ । शनिबार हिमपातमा मनोरन्जन लिन दैलेखका विभिन्न क्षेत्र तथा सुर्खेत, नेपालगन्जबाट समेत गाडी रिजर्भ गरेर आन्तरिक पर्यटकहरु आएका थिए ।

हिउँमा रमाउन आउनेहरुका कारण सुर्खेत–दैलेख सडक खण्डको छेडादेखि रातानाङ्लासम्म दिनभर सवारी साधनहरु जाममा परेका थिए । आइतवार समेत हिउँ हेर्न आउनेहरुको संख्या उस्तै छ । हिउँमा रमाउने आउनेहरु सबैका हात हातमा मोबाइल र सडकमा टिकटक बनाउनेहरुको भिड देखिन्थ्यो । बाक्लो हिमपात भएका कारण हिउँसँग लुकामारी खेल्न आउनेहरुका कारण रातानाङ्ला, रानीमत्ता तथा गुराँसेका होटलहरु भरिभराउ थिए । हिउँ परेसँगै गुराँस क्षेत्रका होटलहरुमा कारोबारो बढेको न्यू आठबीस होटलका सञ्चालन नरेन्द्र रावत बताउँछन् । हिमपातका कारण गुराँसे क्षेत्रमा आन्तरिक पर्यटकहरुको घुईचो लागेको उनको भनाई छ ।

यस बर्ष माघको अन्तिममा परेको हिउँले फलफूल तथा तरकारी उत्पादन समेत बढ्ने स्थानीय किसानहरुले बताएका छन् । गुराँसेका किसान यामलाल लामिछानेले हिउँ परेसँगै तरकारी उत्पादन बढ्ने बताए । उनले यहाँ लगाईएको स्याउ समेत यस बर्षबाट फल्न सुरु हुने आशा गरेको बताए ।

 तस्विरहरु : हिक्मतबहादुर नेपाली ।

प्रतिक्रिया