योजना समितिका पदाधिकारीले पाए लेखा व्यवस्थापन तालिम

योजना समितिका पदाधिकारीले पाए लेखा व्यवस्थापन तालिम

दैलेख : दैलेखको दुल्लु नगरपालिकामा सञ्चालित तीन वटा खानेपानी तथा सरसफाई योजनाका पदाधिकारीले लेखा व्यवस्थापन तालिम पाएका छन् । दुल्लु नगरपालिका–११ मा सञ्चालित मालती गङा र सुनौरी बेरौटा तथा वडा नंं १२ मा सञ्चालित पोखरा खोला खानेपानी तथा सरसफाई योजनाको ४/४ जना पदाधिकारीले एक दिने लेखा व्यवस्थापन तालिम प्राप्त गरेका हुन् । योजनाका पदाधिकारीहरुलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजना तथा हेल्भेटास नेपालको आर्थिक सहयोगमा दुल्लु नगरपालिका–११ को वडा कार्यालयमा तालिम प्रदान गरिएको हो ।

दुल्लु नगरपालिका–११ का वडाध्यक्ष खगेन्द्र बहादुर थापा र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हीरासिंह थापाको उपस्थितीमा तालिम समापन भएको छ । तालिम समापन कार्यक्रममा बोल्दै सोसेक नेपालका अध्यक्ष थापाले योजनाको गुणस्तर र सुशासन कायम गर्नका लागि लेखा व्यवस्थापन तालिमले महत्वपूर्ण सहयोग पु¥याउने बताए । वडाध्यक्ष खगेन्द्र बहादुर थापाले राम्रो काम गर्ने योजनालाई पुरस्कृत गर्नुपर्ने र योजना–योजना बीच अन्तरभ्रमण गराउनुपर्ने धारणा राखे ।

तालिमको हेल्भेटास नेपालको वास अधिकृत सञ्जु श्रेष्ठ र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा सञ्चालित एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका फिल्ड संयोजक महेन्द्रराज अधिकारीले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया