जनताका आवश्यकतालाई ध्यान दिँदै काम गर्छु : मन्त्री शाही

जनताका आवश्यकतालाई ध्यान दिँदै काम गर्छु : मन्त्री शाही


दैलेख : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले नेपाल बहुभाषिक, बहुधार्मिक, बहु सांस्कृतिक मुलुक भएकोेले सम्पुर्ण धर्महरुको संरक्षण गर्नु सरकारको दायित्व भएको बताएका छन् । नेपालीको मौलिक सांस्कृतिक संरक्षण गर्नको लागि कर्णाली प्रदेश सरकार लागि पर्ने मन्त्री शाहीको भनाई छ । चामुण्डाविन्द्रासैनी नगरपालिका–१ स्थित नोर्वु छयोलिङ्ग बौद्ध गुम्बाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले यस्तो बताएका हुन् ।

मन्त्री शाहीले यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात तथा भौतिक संरचनाको विकासका लागि आफु प्रतिबद्ध रहेको बताएका छन् । जनताको आवश्यकता र पहिचान गरेर प्रक्रियागत रुपमा आएको मागहरुलाई आफुले सम्बोधन मन्त्री शाहीको भनाई छ । उनले गुम्बाको विकास र प्रवद्र्धनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री शाहीले गुम्बाको पुजा समेत गरेका छन् ।

यसैबिच मन्त्री शाहीले चामुण्डाविन्द्रासैनी नगरपालिकामा रहेको चामुण्डा नमुना माध्यमिक विद्यालय र चामुण्डा कलेजको अनुगमन समेत गरेका छन् । स्थलगत अनुगमन तथा भेटघाटका क्रममा मन्त्री शाहीले देश विकास र सभ्य समाजको निर्माणका लागि समाजका बुद्धिजिवी, शिक्षक तथा कर्मचारीहरु अग्रसर हुनपर्नेमा जोड दिएका छन् ।

 

प्रतिक्रिया