प्रजातन्त्र दिवसमा दैलेख कारागारबाट सजाय मिनाह पाएर छुटे ११ कैदी

प्रजातन्त्र दिवसमा दैलेख कारागारबाट सजाय मिनाह पाएर छुटे ११ कैदी

दैलेख : प्रजातन्त्र दिवस २०७८ को अवसरमा दैलेख कारागारबाट सजायको क्रममा असल आचरण देखाएका ११ जना कैदी बाँकी सजाय मिनाह पाइ मुक्त भएका छन् । ५० प्रतिशत कैद सजाय भुक्तान गरेका कैदीहरुको बाँकी कैद छोट्याएर माफी मिनाह दिई निजहरुको बाँकी कैद सजायको लगत कट्टा गरी रिहा गरिएको दैलेख कारागारका जेलर तिलक प्रसाद न्यौपानेले बताए ।

उनका अनुसार कतब्र्य ज्यान मुद्धाका २, चोरी मुद्धाको १ र बहुविवाह मुद्धामा जेल सजाय भोगिरहेका ८ जना गरी ११ जनाको बाँकी कैद सजाय माफी पाएको जेलर न्यौपानेले बताए ।

प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते देशभरबाट ५ सय १३ जना कैदीबन्दीले आममाफी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको सन्दर्भमा सरकारको सिफारिस बमोजिम ५ सय १३ कैदीबन्दीहरूलाई कैद र सजाय माफी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम फुर्वा शेर्पासहित देशभरका कारागारमा रहेका ५ सय १ जना बन्दीहरूको भुक्तान हुन बाँकी कैद सजाय मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

त्यस्तै, मन्त्रिपरिषद्को सिफारिसमा १२ जनाको सजाय माफी भएको हो । अघिल्ला वर्षहरूमा पनि प्रजातन्त्र दिवसको अवसर पारेर विभिन्न घटनामा दोषी प्रमाणित भई बन्दी जीवन बिताइरहेकाहरूलाई राष्ट्रपतिबाट आममाफी दिने गरिएको थियो ।

प्रतिक्रिया