बाल विकास केन्द्रका सहजकर्ताको घुम्ती बैठक : यसरी बन्छ शैक्षिक सामग्री

बाल विकास केन्द्रका सहजकर्ताको घुम्ती बैठक : यसरी बन्छ शैक्षिक सामग्री

दैलेख : जिल्लाको गुराँस गाउँपालिका वडा नं. १ मा तीन वटा बाल विकास केन्द्र छन् । तीन वटा बाल विकास केन्द्रका सहजकर्ताहरु मोबाइल मिटिङ अर्थात घुम्ती बैठक बस्ने गरेका छन् । एक पटकमा तीन वटै बाल विकास केन्द्रका सहजकर्ताहरु एउटा बाल विकास केन्द्रमा बैठक बस्छन् । बैठकमा बाल विकास केन्द्रको समस्याहरु बारे छलफल गर्छन् सोहि अनुसार कार्ययोजना पनि बनाउँछन् । राम्रा अभ्यासहरुको सिकाई आदान प्रदान गर्छन् । अनी स्थानीय स्तरमा पाइने सामग्रीहरु प्रयोग गरेर शैक्षिक सामग्री पनि बनाउँछन् ।

आइतवार पनि वडाको भगवती मावीको बाल विकास केन्द्रमा वडामा ३ वटै बाल विकास केन्द्रका सहजकर्ताको सहभागितामा घुम्ती बैठक सञ्चालन भएको थियो । बैठकमा बैठकमा बाल विकास केन्द्रको समस्याहरु बारे छलफल गरेर कार्ययोजना पनि निर्माण गरेका छन् । उनिहरुले उक्त बाल विकास केन्द्रमा भएका राम्रा अभ्यासहरुको सिकाई आदान प्रदान गरे अनी स्थानीय स्तरमा पाइने सामग्रीहरु प्रयोग गरेर शैक्षिक सामग्री निर्माण गरेका छन् । अब अर्को पटक नवदुर्गा प्राविको बाल विकास केन्द्रमा घुम्ती बैठक बस्नेछ ।

गुराँस गाउँपालिकामा सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा सहयात्रा दोस्रो परियोजना सञ्चालित छ । परियोजनाले घुम्ती बैठक सञ्चालनका लागि सहयोग तथा सहजिकरण गरिरहेको परियोजनाका फिल्ड अधिकृत रत्ना थापाले बताइन् ।

प्रतिक्रिया