बाढीपीडितलाई घरबास व्यवस्थापन गर्ने मन्त्री शाहीका प्रतिबद्धता

बाढीपीडितलाई घरबास व्यवस्थापन गर्ने मन्त्री शाहीका प्रतिबद्धता

सुर्खेत : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले सुर्खेतस्थित बाढिपीडितको उचीत व्यवस्थापन गर्न प्रतिबद्धता जनाएका छन् । मंगलबार बराहताल गाउँपालिका–२ गिरिघाटमा बसोबास गर्ने बाढिपीडितलाई भेट्दै मन्त्री शाहीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

मन्त्रालयमार्फत राहत स्वरुप प्रती घरधुरी तीन लाख रुपैयाँ वितरण गरिसकिएको बताउँदै मन्त्री शाहीले उक्त रकमबाट आफ्नो बसाई व्यवस्थापन गर्न सुझाव समेत दिए । बाढिपीडितले आफुहरुलाई नगद रुपैयाँ भन्दा बस्ने घर बनाईदिन मन्त्री शाहीसँग आग्रह गरेका थिए । उनिहरुले शिक्षा, स्वास्थ्य र रोजगारी अबसर भएको स्थानमा बसोबासको व्यवस्था गराईदिन मन्त्री शाहीसँग आग्रह गरेका थिए ।

बाढिपीडितको आग्रह अनुसार मन्त्री शाहीले घरबास आवश्यक पर्ने पीडितहरुको लगत संकलन गरि घरबास बनाउने योजना ल्याउने प्रतिवद्धता जनाए । उनले बराहताल गाउँपालिका–२ का अध्यक्ष योवराज कार्कीलाई दोहोरो बस्ती नपर्ने गरी घरबास आवश्यक पर्ने पीडितहरुको लगत संकलन गर्न निर्देशन दिए ।

बाढिपीडितसँगको भेटघाट कार्यक्रममा राष्ट्रिय भूमी आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेलेले बाढिपीडितहरुका लागि जग्गा उपलब्ध गराइने बताए । यसअघि आयोगले संकलन गरेका फारमको आधारमा मुल्यांकन गरी बाढिपीडितलाई जग्गा उपलब्ध गराईने पौडेलले जानकारी दिए । उक्त भेटघाट कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव प्रेमराज गिरी, उप–सचिव निधिराज न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया