मतदाता परिचयपत्र हराएको भए प्रतिलिपि पाइने

मतदाता परिचयपत्र हराएको भए प्रतिलिपि पाइने

दैलेख : निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएका मतदातालाई प्रतिलिपि दिने व्यवस्था गरेको छ । आयोगले मतदाता परिचयपत्र हराएका व्यक्तिले विवरणसहित वडा कार्यालयबाट सिफारिस गराएर निवेदन दिए प्रतिलिपि दिनेगरी व्यवस्था गरेको हो ।

जिल्ला निर्वाचन कार्यालय दैलेखका जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाका अनुसार विभिन्न कारणले मतदाता परिचयपत्र हराएका व्यक्तिले प्रतिलिपिका लागि वडाको सिफारिस सहित निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ ।

मतदाता परिचयपत्र हराएको, नासिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदाताले आफ्नो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

वडाको सिफारिस सहित मतदाता स्वयं उपस्थिती भई निवेदन दिएमा वा जिल्ला निर्वाचन कार्यालय दैलेखको इमेल [email protected] मा पनि निवेदन पठाएमा समेत प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया