साेसेक नेपाल : महिला र बाल अधिकारको सवाललाई उच्च प्राथमिकता

साेसेक नेपाल : महिला र बाल अधिकारको सवाललाई उच्च प्राथमिकता

सन्दर्भ विश्व गैरसरकारी संस्था दिवस

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल एक गैरसरकारी संस्था हो । विस २०५४ मा स्थापना भएको यस संस्थाले विभिन्न्न सरकारी तथा अन्तराष्ट्रिय गैरसरकारी दातृ निकायहरुको सहयोगमा संस्थाले विभिन्न परियोजना तथा कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

संस्थाले बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकता र संवेदनशिल भई दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकासको अवधारणमा काम गर्दै आएको छ । संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

संस्थाले मानव अधिकार, जलवायू परिवर्तन तथा विपद् व्यवस्थापन र जीविकोपार्जनको क्षेत्रमा काम गर्दै आईरहेको छ । विगत २४ बर्षदेखि नेपालको दैदलेख, सुर्खेत, अछाम तथा कालिकोट जिल्लामा यीनै क्षेत्रहरुसँग सम्बन्धित रहेर काम गर्दै आईरहेको छ ।

संस्थाले स्थापना कालदेखि नै नेपालको समग्र विकासमा योगदान पुर्याउनका लागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैरसरकारी दातृ निकायहरुसँगको साझेदारी तथा सहयोग मार्फत प्राकृतिक स्रोत र साधनको समुचित व्यवस्थापन, जीविकोपार्जन, विपद् तथा जलवायू जन्य प्रकोप न्यूनिकरण, स्वास्थ्य शिक्षा महिला शसक्तिकरण, समता र सामाजिक न्याय पद्धतीको अवलम्बन गर्दै समुदायको गरिब तथा जोखिममा रहेका समुदाय तथा परिवारहरुको सामुदायिक स्रोत पचिालनद्धारा जीवनस्तर सुधारका कार्यहरुमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

संस्थाद्धारा सञ्चालित परियोजना तथा कार्यक्रमहरु

१. राउटे परियोजना
२. एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रम
३. ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना भगवतीमाई गाउँपालिका
४. उत्थानशिल जिविकोपार्जन सवलिकरणका लागि सामुदायिक अनुकुलन
५. महिला युवा तथा बाल अधिकार प्रर्वद्धन (आधार) परियोनना
६. सहयात्रा दोस्रो परियोनना
७. विद्यालय नेतृत्व र व्यवस्थापन परियोजना
८. लैङ्गिकता तथा समावेशीकरण (एलजीबीटीआई) परियोजना
९. जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना
१०.महिला र बालबालिका केन्द्र दैलेख
११. बाल हेल्पलाइन १०९८ दैलेख
१२. महिला र बालबालिका केन्द्र कालिकोट
१३. बाल हेल्पलाइन १०९८ कालिकोट
१४. एम्बुलेन्स सेवा
साथै आन्तरिक कोषबाट समेत संस्थाले विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको छ ।

विश्व गैरसरकारी संस्था दिवस

गैरसरकारी संघसंस्थालाई समाज विकासमा थप हौसला दिन संयुक्त राष्ट्रसंघ (यूएनओ)ले २७ फेब्रुअरीलाई विश्व गैरसरकारी संस्था दिवस मनाउने निर्णय गरेको थियो। सन् १९४५ मा यूएनओको च्याप्टरको एक अनुच्छेदमा पहिलोपटक ‘गैरसरकारी संगठन’ शब्द परेको थियो। पछि, त्यसैलाई थप व्याख्या गर्दै समाज विकासमा गैरनाफामुलक कार्यमा संलग्न संस्था भनियो। त्यसयता विश्वमा गैरनाफामुलुक संघसंस्थाले प्रश्रय पाए।

आज विश्वमा यस्ता लाखौं गैरसरकारी संघसंस्था क्रियाशील छन्। समाज कल्याण परिषद्ले नेपालमा कार्यरत गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको दर्ता तथा नियमन गरिररहेको छ।  समाज कल्याण ऐन २०४९ को अधिनमा रहेर सामाजिक कल्याण तथा विकासका काममा सहयोग गर्न चाहने संस्थाहरू यस परिषद्बाट स्वीकृति लिनुपर्ने हुन्छ।

समाज कल्याण परिषद्को तथ्यांकअनुसार नेपालमा आर्थिक वर्ष २०७७/७८ सम्ममा काम गर्न अनुमति लिएका राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ)को संख्या ५१ हजार ५१३ वटा छन्। त्यसैगरी विभिन्न क्षेत्रमा काम गर्ने अनुमति लिएका अन्तराष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)को संख्या २३० छ। सबैभन्दा धेरै अमेरिका, बेलायत, जर्मनी, जापान, इटाली, स्वीजरल्यान्डलगायतका मुलुकबाट सञ्चालित आईएनजीओ छन्।

२०४९/५० पछि नेपालमा एनजीओ तथा आईएनजीओ दर्ताको क्रम अत्यधिक उकालो लागेको छ। नेपाल जस्तो विकासोन्मुख देशमा गैरसरकारी संस्थाहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। निजी क्षेत्रबाट समाज विकासमा हातेमालो गर्न गैरसरकारी संघसंस्था सहरदेखि गाउँसम्म क्रियाशील छन्। यी संस्थाहरूले निजी लाभ लिनेभन्दा पनि सार्वजनिक भलाइ र सामाजिक सेवा उपलब्ध गराउन क्रियाशील हुने गरेका छन्।

प्रतिक्रिया