एकीकृत शत्रु जीव व्यवस्थापन तालिम सम्पन्न

एकीकृत शत्रु जीव व्यवस्थापन तालिम सम्पन्न

दैलेख : ठाटीकाँध गाउँपालिकामा एकीकृत शत्रु जीव व्यवस्थापन तालिम सम्पन्न भएको छ । गाउँपालिकामा ९ वटा समूहका २१ जना कृषकलाई एकिकृत शत्रु जीव व्यवस्थापन तालिम प्रदान गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजनामा तालिम सञ्चालन भएको हो ।

ठाटीकाँध गाउँपालिकामा एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा संस्थामार्फत गुणस्तरिय शिक्षा अभिबृद्धि, स्वास्थ्य र जीविकोपार्जन सहयोग कार्यक्रम (सहकार्य) सञ्चालित छ ।

परियोजना अन्र्तरगत आयोजित तालिम २ दिनसम्म सञ्चालन भएको थियो । तालिमको सहजिकरण ठाटीकाँध गाउँपालिकाका कृषि प्राविधिक पूर्णबहादुर शाही र परियोजनाका कृषि प्राविधिक दुर्जबहादुर शाहीले गरेको परियोजना संयोजक जीबराज रेग्मीले जानकारी दिए ।

तालिममा जैविक विषादी बनाउने र प्रयोग गर्ने विधिको सैद्धान्तीक तथा प्रयोगात्मक विधिबाट सहजिकरण गर्नुका साथै जैविक विषादी बनाउनका लागि आवश्यक सामाग्रीका रुपमा ड्रम, हजारी, इएम झोल तथा ट्राइकोडर्मा समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया