जिल्ला सहकारी संघ लिमिटेड दैलेखको अध्यक्षमा खड्का

जिल्ला सहकारी संघ लिमिटेड दैलेखको अध्यक्षमा खड्का

दैलेख : जिल्ला सहकारीसंघ लिमिटेड दैलेखको अध्यक्षमा गुराँस गाउँपालिका–८ का भुपेन्द्र कुमार खड्का निर्वाचित भएका छन् । बिहीवार सम्पन्न १२ औँ बार्षिक साधारण सभाबाट खड्का अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

साधारण सभाबाट उपाध्यक्षमा भैरबी गाउँपालिकामा सुर्यबहादुर शाही, सचिवमा पृथ्वीबहादुर केसी, सहसचिवमा डिल्लीप्रसाद खनाल र कोषाध्यक्षमा टिकादेवी जैसी सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा लक्ष्मीप्रसाद जैसी, मानबहादुर बुढा, भीम प्रसाद शर्मा, बखत भण्डारी, मिना विसुन्के र शसिराम विश्वकर्मा चयन भएका छन् ।

साधारण सभाबाट लेखा सुपरिवेक्षण समिति संयोजकमा ईश्वरी कुमारी खड्का, सदस्यमा ईन्द्र कंडेल र छत्र सिजापती चयन भएका छन् । सभाबाट अर्जुनबहादुर शाही राष्ट्रिय सहकारी महासंघको प्रतिनीधि र निर्जनकुमार खत्री राष्ट्रिय सहकारी बैंकको प्रतिनीधिमा चयन भएका छन् ।

 

प्रतिक्रिया