घरभित्रै निसास्सिएर आमाछोराको मृत्यु

घरभित्रै निसास्सिएर आमाछोराको मृत्यु


आगलागीबाट निसास्सिएर दुई जनाको मृत्यु भएको घर र घटनास्थलमा जम्मा भएका स्थानीय र प्रहरी । 

दैलेख : दैलेखमा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका–१ ठाटीकाँध बजारमा बसोबास गर्दै आएका ४० बर्षीया हरिकला बादी र १८ बर्षीय रमेश बादीको मृत्यु भएको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताए ।

बिहीवार राती सुतिरहेको समयमा कपडाबाट आगो सल्किएर निसास्सिएर दुवै जनाको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । आगोले हरिकलाको शरिरको पछाडीको भाग र रमेशको हात जलेको अवस्थामा शुक्रवार शव घर भित्रै भेटिएको गाउँपालिकाका अध्यक्ष शाहीले बताए ।

मुण्डा घर (माटोले छाएको घर) भएको र झ्याल ढोका बन्द गरेका कारण आगलागीपछि उनिहरु घरभित्र बाहिर निस्कन नसकेको हुनसक्ने स्थानीयले बताएका छन् । उक्त घरमा हरिकला र उनका छोरा रमेशमात्रै बस्दै आएको बताईएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनार सहितको प्रहरी टोली घटनास्थलतर्फ गईरहेको छ । प्रहरी निरीक्षक सुनारले घरभित्र आगलागी भई निसास्सिएर दुई जनाको निधन भएको घटनाबारे थप अनुसन्धानका लागि घटनास्थलतर्फ गईरहेको बताए ।

प्रतिक्रिया