बाँके कांग्रेसको सभापतिमा गौंडेल निर्वाचित

          |   प्रकाशित मितिः शुक्रबार, फाल्गुन २०, २०७८     ::: 140 पटक पढिएको   |  

बाँके : नेपाली कांग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौंडेल निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी बादशाह कुर्मीलाई ९७ मतले पराजित गर्दै गौंडेल सभापतिमा निर्वाचित भएका हुन् । गौंडेलले ७ सय ६० र कुर्मीले ६ सय ६३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यले बताए । बिहीबार तीन उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत नपाएकाले सभापतिका लागि शुक्रबार पुन: मतदान गरिएको हो ।

सभापतिको दोस्रो चरणको मतदानमा कुल १ हजार ४ सय ३९ मत खसेको थियो । मतदानमा १६ मत बदर भएको छ । कांग्रेसको १४ औं जिल्ला अधिवेशनका लागि कुल १ हजार ४ सय ९३ मतदाता थिए । बिहीबार भने १ हजार ४ सय ४५ मत खसेको थियो । जिल्ला निर्वाचन परिचालन समिति, बाँकेका अनुसार बिहीबार खसेको १ हजार ४ सय ४५ मतमध्ये नारायणप्रसाद गौंडेलले ५ सय ६९, बादशाह कुर्मीले ५ सय ३८ र सुरेन्द्र हमालले ३ सय १४ मत ल्याएका थिए ।



Leave a comment

Your email address will not be published.


*