सबै खाले हिंसा रोकथाम गर्न सहकार्य जरुरी : मेयर खड्का

सबै खाले हिंसा रोकथाम गर्न सहकार्य जरुरी : मेयर खड्का

दैलेख : नारायण नगरपालिका नगर प्रमुख रत्नबहादुर खड्काले महिला माथि हुने सबै खाले हिंसा रोकथामका लागि सरकारी र गैरसरकारी सबै क्षेत्रको सहकार्यता जरुरी रहेको बताएका छन् । ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सुन्दर नेपाल संस्थाले आयोजना गरेको लैंगिक हिंसा रोकथामका लागि सरोकारवालाहरुवीच सहकार्य र समन्वय विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अधिकारकर्मीहरुले स्थानीय सरकारका कामलाई कमीकमजोरी मात्रै खोतल्ने र सबै कामलाई नकारात्मक सन्देश प्रवाह गर्ने गरेको गुनासो समेत गरेका छन् । सरकारी निकायले गरेको राम्रा कामहरुको ‘यो चाहिं राम्रो भयो’ भनेर प्रचार गरे भएका कमजोरी औल्याउनु पनि स्वभाविक मान्न सकिन्थ्यो नगर प्रमुख खड्काले भने ।

इन्सेकको मानव अधिकार रक्षक सञ्जालका जिल्ला सहसंयोजक लीला खत्रीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष महारुप खत्री, सामाजिक सेवा केन्द्र (सोसेक)का रमा श्रेष्ठ लगायतले लैंगिक हिंसा रोकथाममा सरोकारवालावीच सहकार्यता विषयमा आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया