अन्तरराष्ट्रिय महिला दिवस : दैलेखमा विविध कार्यक्रम हुने

अन्तरराष्ट्रिय महिला दिवस : दैलेखमा विविध कार्यक्रम हुने

दैलेख : हरेक वर्ष मार्च ८ तारिकका दिन मनाइने अन्तरराष्ट्रिय महिला दिवस यो वर्ष ११२ औं वाषिकोत्सवको कार्यक्रम दैलेख सदरमुकाममा विविध कार्यका साथ मनाउने तयारी भएको छ । नारायण नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत निरक रावलको अध्यक्षतामा बसेको पूर्वतयारी बैठकले उक्त निर्णय गरेको हो ।

मूल समिति दैलेखको निर्णय अनुसार भोलि फागुन २४ गते तदानुसार सन् २०२२ मार्च ८ तारिकका दिन मनाइने अन्तरराष्ट्रिय महिला दिवस सो दिन विहान ११ बजे गणेशचोकबाट ¥याली सहित नगर परिक्रमा सकेर टुडिखेल खुला मञ्चमा आयोजना गरिने छ । कार्यक्रममा बाल कलाकारहरुको नृत्य, बालविवाह रोकथाम सम्वन्धी सडक नाटक लगायतका साँस्कृतिक कार्यक्रम राखिएको बताइएको छ ।

यस बर्ष सामाजिक न्याय र लैंङ्गिक समानता : दिगो विकासको सुनिश्चितता भन्ने राष्ट्रिय नारा सहित दिवस मनाईदैछ ।
सन् १९०९ मा संयुक्त राष्ट्र सङ्घको निर्णय अनुसार सन् १९१० मा कोपेनहेगनमा भएको दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा थालिएको हो ।

अमेरिकाको न्यूयोर्कमा सन् १८५७ मार्च ८ तारिकमा गार्मेन्ट र कपडा उद्योगका श्रमिक महिलाहरुले ८ घण्टा भन्दा बढी काम गराउन नहुने, कार्यस्थलमा महिलाको सुरक्षा र पुरुष सरह मताअधिकारको माग राखी थालिएको आन्दोलनको निरन्तरता पछि संयुक्त राष्ट्र सङ्घले दिवस मनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया