कृषकलाई पोलीहाउस र सरल थोपा सिंचाई

कृषकलाई पोलीहाउस र सरल थोपा सिंचाई

दैलेख : जिल्लाको भैरबी गाउँपालिकाका कृषकहरुलाई सामग्री सहयोग गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले सामग्री उपलब्ध गराएको हो । भैरबी गाउँपालिकामा एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सोसेक नेपाल मार्फत महिला, युवा तथा बालअधिकार प्रवद्र्धन आधार परियोजना सञ्चालित छ ।

उक्त परियोजनाले १५ जना कृषकहरुलाई सामग्री उपलब्ध गराएको हो । भैरवी गाउँपालिका वडा नं १ देखि ७ सम्मका १५ जना युवा क्लव र महिला समुहका सदस्यहरुलाई पोलीहाउस, सरल थोपा सिंचाई र टमाटरको बीउ वितरण गरिएको सोसेक नेपालका सहायक कार्यक्रम निर्देशक दुर्गा गिरीले जानकारी दिइन् । उनका अनुसार युवा क्लब र महिला समुहका निर्णय अनुसारका कृषकहरुलाई सामग्री उपलब्ध गराईएको हो ।

तरकारी खेती गर्न इच्छुक र तरकारी खेती गरिरहेको युवा क्लब र महिला समुहका सदस्यहरुलाई पोली हाउस, सरल थोपा ड्रम र टमाटरको बीउ प्रदान गरिएको सहायक कार्यक्रम निर्देशक गिरीले जानकारी दिइन् ।

प्रतिक्रिया