डा. गोविन्द केसीले दैलेखमा निःशुल्क स्वास्थ्य चेकजाँच गर्ने

डा. गोविन्द केसीले दैलेखमा निःशुल्क स्वास्थ्य चेकजाँच गर्ने


दैलेख : डा. गोविन्द केसी दैलेख आउने भएका छन् । हाडजोर्नी तथा नशा रोग सम्बन्धी निशुल्क चेकजाँच गर्न डा. केसी दैलेख आउन लागेका हुन् । बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. केसीले दैलेख जिल्ला अस्पतालमा फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म हाडजोर्नी तथा नशा रोगको निशुल्क चेकजाँच गर्नेछन् । स्वास्थ्य सेवा कार्यालय दैलेखद्धारा जारी सूचनामा दैनिक ५० जना बिरामीको चेकजाँच गरिने उल्लेख छ ।

शिविरमा विहान १० बजेदेखि साँझ ३ बजेसम्म विरामीले सेवा लिन पाउनेछन् । हाडजोर्नी नशा सम्बन्धी विरामीका लागि चेकजाँच निःशुल्क भएपनि चिकित्सकले सिफारिस गरेका नेपाल सरकारले तोकेका निःशुल्क बाहेकका औषधीहरु बिरामी स्वंयमले व्यवस्थापन गर्नुपर्ने कार्यालयको भनाई छ ।

प्रतिक्रिया