कर्णाली नदिमा डुबेर भारतीय कामदार बेपत्ता

कर्णाली नदिमा डुबेर भारतीय कामदार बेपत्ता

कर्णाली नदिस्थित पुल निर्माण स्थल । तस्विर  साैजन्य : विशाल सुनार

दैलेख : कर्णाली नदिमा डुबेर एक भारतीय कामदार बेपत्ता भएका छन् । दैलेखको आठबीस नगरपालिका र अछामको पंचदेवल विनायक नगरपालिका जोड्ने मितेरी पुल निर्माणको काममा कार्यरत कामदार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

कर्णाली नदिमा निर्माणाधिन पुलमा काम गर्दै आएका पश्चिम बंगाल भारतका १८ बर्षिय रविन्द्र मण्डल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए । प्रहरी निरीक्षक सुनारका अनुसार कर्णाली नदीमा पौडी खेल्ने क्रममा मण्डल बेपत्ता भएका हुन् ।

शनिवार बिहान ११ बजे मण्डल बेपत्ता भएका हुन् । साथीसँग नदी वारपार गर्न खोज्दा उनि बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय बासिन्दाले मण्डलको खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक सुनारले बताए । उनले माछा मार्ने जाल तथा काठको डुंगाको साहाराले उनको खोजी कार्य भईरहेको जानकारी दिए ।

 

प्रतिक्रिया