घरघरमा खानेपानी, स्थानीयले बिर्सिए खानेपानीको दुःख (भिडियाे)

घरघरमा खानेपानी, स्थानीयले बिर्सिए खानेपानीको दुःख (भिडियाे)

दैलेख : डुङ्गेश्वर गाउँपालिका–१ र २ को सिमा क्षेत्र मुखरिया मुहानबाट साढे ६ किमी लामो पाइप लाइनमार्फत चुप्रामा पानी वितरण गरिएको छ। जसका लागि मुखरिया खानेपानी तथा सरसफाई योजना कार्यान्वयन गरिएको थियो। एक करोड ५६ लाख ५४ हजार रुपैयाँ लागतमा भएको योजनाले स्थानीयको पानीको दुःख बिर्साइदिएको छ। डुङ्गेश्वर गाउँपालिका र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको प्राविधिक तथा सामाजिक सहजिकरणमा योजना सम्पन्न भएको हो।

योजना समितिका अध्यक्ष टोपबहादुर खत्रीले चुप्राका २ सय ९४ घरधुरीमा धारा जडान बताए। योजना पूरा भएसँगै एक हजार ७ सय जना लाभान्वित भएका छन्। वडामा रहेका प्रहरी चौकी, स्वास्थ्य चौकी, विद्यालय र वडा कार्यालयमासमेत धारा जडान गरिएको छ।

प्रतिक्रिया