७७ जिल्लामै कांग्रेसले सक्यो अधिवेशन, कहाँ कसले जिते सभापति ?

७७ जिल्लामै कांग्रेसले सक्यो अधिवेशन, कहाँ कसले जिते सभापति ?

काठमाडाैं : नेपाली कांग्रेसले ७७ जिल्लामै अधिवेशन सकेको छ। यसपालि कांग्रेस अधिवेशन गुटको प्रतिस्पर्धाले रोचक बनेको थियो। सभापति शेरबहादुर देउवा पक्षबाटै कतिपय जिल्लामा दुई उम्मेदवार उठे भने शेखर कोइरालानिकटहरू पनि सभापतिका लागि आपसमा भिडेका थिए।

कांग्रेसले गत मंसिरमा १४ औं महाधिवेशन गरेको थियो। महाधिवेशनभन्दा पहिले ६१ जिल्ला अधिवेशन गरेको कांग्रेसले महाधिवेशनपछि बाँकी १६ जिल्ला अधिवेशन सकेको छ।६१ जिल्ला अधिवेशन गर्दा त्यसबेला संस्थापन (देउवा पक्ष) र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बीच कडा प्रतिस्पर्धा भएको थियो।

झापा, बागलुङलगायतमा भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले पनि सभापति जितेको थियो।मंसिरमा भएको केन्द्रीय महाधिवेशनमा सभापति पदमा दोस्रो चरणमा देउवा र शेखरबीच प्रतिस्पर्धा भएको थियो। त्यसपछि जिल्लाहरूमा अधिवेशन हुँदा देउवा र कोइराला पक्षबीच प्रतिस्पर्धा भएका थिए।

धनुषामा भने विमलेन्द्र निधि पक्ष पनि सभापतिमा उठेर जितेको छन्। सिटौला, निधिसहित सभापति देउवा पक्षले ४४ जिल्ला सभापति जितेका छन् भने ३३ जिल्लामा पौडेलसहित शेखर कोइराला पक्षले जितेका छन्।

हेर्नुस् कुन जिल्लामा को सभापति ?

  • लमजुङ, सभापति टकराज गुरूङ
  • सल्यान, सभापति केशवबहादुर विष्ट
  • डोल्पा, सभापति दीपेन्द्रबहादुर शाही
  • डडेल्धुरा, सभापति भीमबहादुर साउद
  • म्याग्दी, सभापति खमबहादुर गर्बुजा
  • ताप्लेजुङ, सभापति गजेन्द्रप्रसाद तुम्याहाङ
  • मुगु, सभापति ऐनबहादुर शाही
  • पाँचथर, सभापति रूपनारायण जवेगु
  • मनाङ, सभापति शंकर गुरूङ देउवा
  • हुम्ला, सभापति मोहनविक्रम सिंह
  • बझाङ, सभापति खड्क बोहरा
  • रामेछाप, सभापति पूर्णबहादुर (कान्छाराम) तामाङ
  • जुम्ला, सभापति कर्णबहादुर शाही
  • जाजरकोट, सभापति बेदराज सिंह
  • डोटी, सभापति नरेन्द्रबहादुर सिंह
  • रूकुम पश्चिम, सभापति प्रेमप्रकाश वली
  • ओखलढुंगा, सभापति तेजेन्द्र खनाल
  • झापा, सभापति देउमान थेबे
  • बागलुङ, सभापति जित शेरचन
  • पर्वत, सभापति युवराज जोशी
  • इलाम, सभापति डम्बरबहादुर खड्का
  • सुर्खेत, सभापति खड्ग पोखरेल
  • रूपन्देही, सभापति रामकृष्ण खाण
  • कास्की, सभापति किशोरदत्त बराल
  • काभ्रे, सभापति तीर्थ लामा
  • तनहुँ, सभापति जितप्रकाश आले
  • ललितपुर, सभापति जितेन्द्रकुमार श्रेष्ठ
  • कञ्चनपुर, सभापति पदम बोगटी
  • उदयपुर, सभापति हिमाल कार्की
  • भक्तपुर, सभापति दुर्लभ थापा
  • बर्दिया, सभापति अरूणप्रकाश सिंह राठौर
  • सोलुखुम्बु, सभापति नाम्गेल जाङ्बु शेर्पा
  • रसुवा, सभापति पेम्वाछिरिङ तामाङ
  • धनकुटा, सभापति दिनेश राई
  • कैलाली, सभापति नारायणदत्त भट्ट
  • मकवानपुर, सभापति बुद्ध लामा
  • पर्सा, सभापति जनार्दनसिंह क्षेत्री
  • सर्लाही, सभापति सुरेन्द्रप्रसाद सिंह
  • सिन्धुपाल्चोक, सभापति जंगबहादुर तामाङ
  • धनुषा, सभापति योगेन्द्र पजियार
  • रौतहट, सभापति सुनिलकुमार यादव
  • अछाम, सभापति पुष्पबहादुर शाह
  • बारा, सभापति राजेश राय यादव
  • सिरहा, सभापति रामचन्द्र यादव
  • प्युठान, सभापति विष्णुकुमार गिरी
  • अर्घाखाँची, सभापति केशव श्रेष्ठ
  • रोल्पा, सभापति किशोर आचार्य
  • बैतडी, सभापति चतुरबहादुर चन्द
  • दोलखा, सभापति बर्मा लामा
  • गोरखा, सभापति नन्दप्रसाद न्यौपाने
  • कालिकोट, सभापति अम्बबहादुर शाही
  • संखुवासभा, सभापति दीपक खड्का
  • रूकुमपूर्व, सभापति केशरमान रोका
  • मुस्ताङ, सभापति रोमीगौचन थकाली
  • भोजपुर, सभापति विनोद वान्तवा
  • बाजुरा, सभापति रामसिंह रावल
  • तेह्रथुम, सभापति अर्जुन तुम्बाहाम्फे
  • नवलपरासी पश्चिम, सभापति अर्जुनकुमार पोखरेल
  • पाल्पा, सभापति हिमालदत्त श्रेष्ठ
  • स्याङ्जा, सभापति राजु थापा
  • खोटाङ, सभापति विष्णुकुमार राई
  • दार्चुला, सभापति ललितसिंह बोहरा
  • नुवाकोट, सभापति रमेश महत
  • दाङ, सभापति शंकरप्रसाद डाँगी
  • दैलेख, सभापति मणिराम रेग्मी
  • गुल्मी, सभापति खिलध्वज पन्थी
  • काठमाडौं, सभापति कृष्णसबुज बानियाँ
  • धादिङ, सभापति रामनाथ अधिकारी
  • सुनसरी, सभापति केदार भण्डारी
  • कपिलबस्तु, सभापति अब्दुल कलाम खाँ
  • मोरङ, सभापति डिगबहादुर लिम्बू
  • चितवन, सभापति राजेश्वर खनाल
  • बाँके, सभापति नारायण गौडेल
  • नवलपुर, सभापति महेन्द्रध्वज जिसी
  • महोत्तरी, सभापति नागेश्वर यादव
  • सिन्धुली, सभापति उपेन्द्र पोखरेल
  • सप्तरी, सभापति रामदेव साह

प्रतिक्रिया