एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा विजयी

एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा विजयी

दैलेख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा विजयी भएका छन् । शर्मा प्रतिस्पर्धी सुर्यबहादुर शाहीलाई एक सय ५१ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । एमाले दैलेखको नयाँ पदाधिकारी चुन्न बुधवार मतदान भएको थियो । ज्वाला सन्देशलाई प्राप्त मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित शर्माले ४ सय १४ मत प्राप्त गरे । जिल्लाभरबाट ७ सय २१ जना प्रतिनीधि छनोट भएपनि मतदानका क्रममा ६ सय ८४ मत खसेको थियो । अध्यक्षका अर्का प्रतिस्पर्धी सुर्यबहादुर शाहीले २ सय ६३ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा प्रेमबहादुर बुढा निर्वाचित भएका छन् । भैरबी गाउँपालिकाका अध्यक्ष समेत रहेको बुढाले ४ सय ५९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी टोप बहादुर बिसीले १ सय ९६ मत प्राप्त गरेका छन् । यस्तै एमाले सचिवमा तिलक प्रसाद रिजाल निर्वाचित भएका छन् । उनले ३ सय ६५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी रुद्ध शाहीले ३ सय २ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपसचिवमा कलावती न्यौपाने र गंगाराम दाहाल निर्वाचित भएका छन् । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा डुङ्गेश्वर गाउँपालिकाको उपाध्यक्षमा झिनो मतले परिजित न्यौपाने २ सय ६४ मत सहित एमाले दैलेखको उपसचिव पदमा निर्वाचित भएकी हुन् । उपसचिवमा निर्वाचित दाहालले २ सय २१ मत प्राप्त गरेका छन् ।

दुई उपसचिवका लागि ८ जनाको उम्मेदवारी परेको थियो । उपसचिवमा प्रतिस्पर्धा गरेका चन्द्रप्रसाद दाहालले १ सय ७, जनकप्रसाद न्यौपानेले १ सय ९४, झविराज (कवि) खत्रीले ९३, प्रेमबहादुर खड्काले ९२, विष्णु शाहीले १ सय ४८ र लक्ष्मीकुमारी कार्कीले १ सय ३८ मत प्राप्त गरिन् ।

प्रतिक्रिया