माओवादीका प्रमुख सचेतक विष्ट एमालेमा प्रवेश

माओवादीका प्रमुख सचेतक विष्ट एमालेमा प्रवेश

सुर्खेत : नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्ट  एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई  एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् । एमाले प्रवेश गर्ने भएपछि नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद ठम्मर विष्टलाई निष्कासन गरेको थियो। प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए ।

प्रतिक्रिया