सोसेक नेपालले पायो पुर्नस्थापना केन्द्र सञ्चालन गर्न स्वीकृती

सोसेक नेपालले पायो पुर्नस्थापना केन्द्र सञ्चालन गर्न स्वीकृती

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले मानव बेचबिखन तथा ओसारपसारमा परेका पीडितलाई शारीरिक वा मानसिक उपचार गराउन पुर्नस्थापना केन्द्र स्थापना र सञ्चालनको स्वीकृती पाएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले पुर्नस्थापना केन्द्र स्थापना र सञ्चालनको स्वीकृती दिएको हो । केन्द्र स्थापना तथा सञ्चालनका लागि तोकिएको भौतिक पूर्वाधार लगाएतका मापदण्ड पुरा भएकाले संस्थाले स्वीकृती पाएको हो ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ तथा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ अनुसार संस्थाले पुर्नस्थापना केन्द्र स्थापना र सञ्चालनको स्वीकृती पाएको हो ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ नियम ६ अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित जिल्ला समितिको निर्णय अनुसार संस्थाले पुर्नस्थापना केन्द्र स्थापना र सञ्चालनको स्वीकृती पाएको हो ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ नियम ११ उपनियम १ ले जिल्ला समितिले पीडितलाई शारीरिक वा मानसिक उपचार गराउन, सामाजिक रुपमा पुनस्र्थापना गर्न र पारिवारिक पुनर्मिलन गराउन केन्द्रको स्थापना र सञ्चालन गर्नेछ । उपनियम २ मा उपनियम (१) बमोजिम स्थापना भएका केन्द्रको व्यवस्थापन निश्चित अवधिका लागि शर्तहरु तोकी करारमा जिल्ला समितिले निजी वा गैरसरकारी संस्थालाई दिन सक्ने व्यवस्था गरेको छ ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले यसअघि देखि नै दैलेख र कालिकोटमा महिला र बालबालिका केन्द्र सञ्चालन गरिरहेको छ । संस्थाले दैलेख र कालिकोटमा बालबालिकाको आपत्तकालिन उद्धार राहत, संरक्षण तथा परामर्श सेवाका लागि बाल हेल्पलाइन १०९८ सञ्चालन गरिरहेको छ ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल एक गैरसरकारी संस्था हो । विस २०५४ मा स्थापना भएको यस संस्थाले विभिन्न्न सरकारी तथा अन्तराष्ट्रिय गैरसरकारी दातृ निकायहरुको सहयोगमा संस्थाले विभिन्न परियोजना तथा कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । संस्थाले बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकता र संवेदनशिल भई दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकासको अवधारणमा काम गर्दै आएको छ ।

संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ । संस्थाले मानव अधिकार, जलवायू परिवर्तन तथा विपद् व्यवस्थापन र जीविकोपार्जनको क्षेत्रमा काम गर्दै आईरहेको छ । विगत २४ बर्षदेखि नेपालको दैदलेख, सुर्खेत, अछाम तथा कालिकोट जिल्लामा यीनै क्षेत्रहरुसँग सम्बन्धित रहेर काम गर्दै आईरहेको छ ।

संस्थाले स्थापना कालदेखि नै नेपालको समग्र विकासमा योगदान पुर्याउनका लागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैरसरकारी दातृ निकायहरुसँगको साझेदारी तथा सहयोग मार्फत प्राकृतिक स्रोत र साधनको समुचित व्यवस्थापन, जीविकोपार्जन, विपद् तथा जलवायू जन्य प्रकोप न्यूनिकरण, स्वास्थ्य शिक्षा महिला शसक्तिकरण, समता र सामाजिक न्याय पद्धतीको अवलम्बन गर्दै समुदायको गरिब तथा जोखिममा रहेका समुदाय तथा परिवारहरुको सामुदायिक स्रोत पचिालनद्धारा जीवनस्तर सुधारका कार्यहरुमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया