देशभरका पालिकामा काँग्रेसले जीत्ने उद्घोष

देशभरका पालिकामा काँग्रेसले जीत्ने उद्घोष

अछाम :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य सीता कुमारी रानाले आसन्न स्थानीय तह निर्वाचनमा देशभरका पालिकामा नेपाली काँग्रेस नेतृत्वमा सरकार बन्ने उद्घोष गरेकी छिन् । ‘घर घर जाऔँ काँगे्रेस जिताऔँ’ अभियान अन्र्तगत अछाम पुगेकी केन्द्रिय सदस्य रानाले ७७ वटै जिल्लामा काँगे्रस जिताउने केन्द्रको निर्णय अनुसार अहिले केन्द्रिय कार्यसमितीका सम्पुर्ण पदाधिकारी एवं सदस्यहरु जनताको घर–घर पुगिरहेको बताईन ।

नेपाली काँगे्रस पञ्चदेवल विनायक नगर कार्यसमितिको आयोजनामा भएको बृहत आमसभालाई सम्बोधन गर्दै काँग्रेस भित्रको अन्तरसंघर्षका कारण धेरै ठाउँमा पराजय भोगेकाले आगामी दिनमा सबैका मन भावनालाई समेट्दै पार्टी सुदृढीकरणको अभियानमा आफु लागेको बताईन । उनले नेपाली काँगे्रसको १४ औँ महाधिवेशनबाट भर्खरै निर्वाचित भएका पदाधिकारीहरुले अब प्रत्येक टोलमा र प्रत्येक घरमा पुगेर मजबुत संगठन बनाउनुपर्नेमा जोड दिइन् ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सहमहामन्त्री अम्बिका चलाउनेले अहिले सम्मको सबै विकास नेपाली काँगे्रसले नेतृत्व गरेको सरकारबाट भएको बताएकी छन् । बितेको ५ बर्षे कार्यकाल तथा घोषणा पत्रको समिक्षा सहित आगामी निर्वाचनका लागी पार्टीलाई पहिलो शक्ती बनाउन नेपाली काँगे्रसले ‘घर घर जाआँै काँगे्रस जिताऔँ’ अभियानको थालनी गरेको उल्लेख    गरिन ।

पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख समेत रहेकी चलाउनेले नगरपालिकाको विकास आफ्नै नेतृत्वमा भएको बताईन । संघीयताको पहिलो अभ्यासमा केहि सिकाईसंगै अहिले पनि विकास योजनाका थुप्र्रै काम क्रमागत चरणमा रहेको र बाँकी विकास पनी यसपछि काँगे्रसकै नेतृत्वमा निर्माण हुने स्थानीय सरकारले गर्ने भएकाले आसन्न निर्वाचनामा आफ्नै पार्टीलाई जिताउन सहमहामन्त्री चलाउनेले सम्पुर्णमा आग्रह गरिन ।

काँग्रेस अछामका सभापती पुष्प बहादुर शाहले मुलुकमा आमुल परिवर्तन काँगे्रस पार्टीका कारण भएको बताए । निर्वतमान सभापती भरत कुमार स्वारले नेपाली काँगे्रसका लागी आफ्नो जस्तो सुकै मुल्य चुकाउन तयार रहेको बताए ।

प्रतिक्रिया