जीप दुर्घटनामा चार घाइते, चालकको अवस्था गम्भिर

जीप दुर्घटनामा चार घाइते, चालकको अवस्था गम्भिर

दैलेख : दैलेखमा जीप दुर्घटनामा परेको छ । जिल्ला सदरमुकामस्थित नारायण नगरपालिकाबाट दुल्लु नगरपालिका तर्फ जाँदै गरेको लु २ च ४५५४ नम्बरको जीप दुर्घटनामा परेको हो । ९ जना यात्रु सवार जीप नारायण नगरपालिका–२ जाहरकोटस्थित मध्यपहाडी राजमार्गमा दुर्घटनामा परेको हो ।

जीप दुर्घटना हुँदा चालक सहित ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए । उनका अनुसार चालक बाँके घर भएका २५ बर्षीय ईन्द्रप्रसाद ज्ञावली, १८ बर्षीय सुरेश शाही, २४ बर्षीय पुर्ण शाही र १८ भरत शाही घाइते भएका छन् ।

चालक ज्ञावलीको छातीमा चोट छ । उनको अवस्था गम्भिर रहेको प्रहरी निरीक्षक सुनारले बताए । उनिहरुलाई थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत रिफर गरिएको प्रहरी निरीक्षक सुनारले बताए ।बोलेरो गाडी आफै अनियन्त्रित भई रोडको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया