कर्मचारीलाई क्षमता विकास तालिम

कर्मचारीलाई क्षमता विकास तालिम

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले कर्मचारीलाई क्षमता विकास तालिम आयोजना गरेको छ । संस्थाले कर्मचारी अभिमुखिकरण तथा क्षमता विकास तालिम सञ्चालन गरेको हो । एईआएन लक्जेम्बर्गको सहयोगमा संस्थाले तालिम सञ्चालन गरेको हो ।

एईआएन लक्जेम्वर्गको सहयोगमा संस्थाद्धारा सञ्चालित महिला, युवा तथा बालअधिकार प्रवद्र्धन आधार परियोजना र गुणस्तरिय शिक्षा अभिबृद्धि, स्वास्थ्य र जीविकोपार्जन सहयोग कार्यक्रम (सहकार्य) मा कार्यरत कर्मचारीहरुलाई तालिम प्रदान गरिएको हो ।

चैत्र १२ गते शनिवार सुरु भएको तालिम चैत्र १६ गते बुधवार सकिनेछ । तालिम एईआएन लक्जेम्वर्गका नेपाल प्रमुख रमेश त्वायना, सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हीरासिंह थापा, उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ लगाएतको उपस्थितीमा उद्घाटन गरिएको छ ।

 

प्रतिक्रिया