उच्च जोखिममा परेका बालबालिकालाई सोसेकले दियो खाद्यान्न

उच्च जोखिममा परेका बालबालिकालाई सोसेकले दियो खाद्यान्न



दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले गरिब तथा उच्च जोखिममा परेको एक परिवारका बालबालिकालाई खाद्यान्न सहयोग उपलब्ध गराएको छ । संस्थाद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८ ले ठाटीकाँध गाउँपालिकाका एक परिवारका बालबालिकालाई खाद्यान्न सहयोग उपलब्ध गराएको हो ।

सोसेक नेपालका बाल अधिकार अनुगमन अधिकृत प्रभा कुमार विश्वकर्माका अनुसार ठाटीकाँध गाउँपालिका वडा नंं. १ का एक परिवारका एक बालक र ३ बालिकालाई खाद्यान्न उपलब्ध गराईएको हो । खाद्यान्न बालबालिकाका आमा राविन्द्रा नेपालीलाई हस्तान्तरण गरिएको छ ।

बाल अधिकार अनुगमन अधिकृत विश्वकर्माका अनुसार उनिहरुलाई ३ बोरा चामल, ४ केजी दाल, ३ लिटर तेल, १ पोका फुरनदाना र एक दर्जन बिस्कुट प्रदान गरिएको हो । बालबालिकाका बुबाले आफ्नै घरमा आगो लगाईदिएपछि घरमा भएको अन्नपात, लत्ता कपडा र घर समेत जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया