एशियन लाईफ इन्स्योरेन्स कम्पनीले बालबालिकालाई दियो स्टेशनरी

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले बालबालिकालाई दियो स्टेशनरी

दैलेख : एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले बालबालिकालाई स्टेशनरी सामग्री उपलब्ध गराएको छ । कम्पनीले नारायण नगरपालिका–१ स्थित बाल मन्दिर प्राथमिक विद्यालयका गरिब, जेहेन्दार तथा बिपन्न बालवालिकाहरुलाई स्टेशनरी सहयोग गरेको हो ।

कम्पनीको १४ औँ वार्षिक उत्सवका अवसरमा बाल मन्दिर प्राथमिक विद्यालयका बिपन्न, आर्थिक अवस्था कमजोर भएका ३० जना विद्यार्थीहरुलाई कापी कलम लगाएतका साम्रगी विद्यालयमै पुगेर हस्तान्तरण गरिएको हो ।

कम्पनीका शाखा कार्यालयका प्रमुख डम्मर ढकाल, वरिष्ठ अभिकर्ता खम्मबहादुर बस्नेत, सुरेश खत्रीको सहभागितामा र जिल्ला बाल संगठनका अध्यक्ष पुण्यप्रसाद शर्मा र विद्यालयका शिक्षकहरुको उपस्थितीमा बालबालिकालाई स्टेशनरी वितरण गरिएको हो ।

प्रतिक्रिया