सकारात्मक अभिभावकत्व तालिम सुरु

सकारात्मक अभिभावकत्व तालिम सुरु

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयाोजनामा ठाटीकाँध गाउँपालिकामा सकारात्मक अभिभावकत्व सम्बन्धी तालिम सुरु भएको छ । सामुदायिक विद्यालयको सेवा क्षेत्र भित्रका एक सय ८० जना अभिभावकलाई सकारात्मक अभिभावकत्व अन्र्तरगत समय व्यवस्थापन, आचारसंहिता निर्माण तथा कार्ययोजना निर्माण सम्बन्धि एक दिने तालिम सुरु भएको हो । तालिम बैशाख ६ गते सकिने छ ।

ठाटीकाँध गाउँपालिकामा एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा संस्थामार्फत गुणस्तरिय शिक्षा अभिबृद्धि, स्वास्थ्य र जीविकोपार्जन सहयोग कार्यक्रम (सहकार्य) सञ्चालित छ । परियोजना अन्तरगर्त आयोजित तालिम करिब १२ वटा विद्यालयको सेवा क्षेत्र भित्रका अभिभावकलाई पहिलो चरणमा एक÷एक दिन गरि हाल र ३ महिना भित्र प्रत्यक्ष रुपमा घरदैलोमा गई सहजिकरण गरिने परियोजना संयोजक जीबराज रेग्मीले जानकारी दिए ।

 

प्रतिक्रिया