दैलेखमा खुल्यो सत्ता गठबन्धनको सम्पर्क कार्यालय

दैलेखमा खुल्यो सत्ता गठबन्धनको सम्पर्क कार्यालय

दैलेख : दैलेखमा सत्ता गठबन्धन दलहरुको सम्पर्क कार्यालय खुलेको छ । सत्ता गठबन्धनमा रहेको दलहरुको जिल्ला निर्वाचन सम्पर्क कार्यालय खुलेको हो । गठबन्धन दलहरु नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादीले संयुक्त रुपमा कार्यालय स्थापना गरेका हुन् ।

जिल्ला सदरमुकामस्थित नारायण नगरपालिका–१ मा कार्यालय खुलेको हो । नेकपा (एकिकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले काँग्रेस सभापति मणिराम रेग्मी, नेकपा (माओवादी केन्द) का संयोजक प्रेम कटुवाल क्षेत्री लगाएत गठबन्धन दलका नेता कार्यकर्ताको उपस्थितीमा कार्यालय उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया