साताका ७ तस्बिर

साताका ७ तस्बिर

दैलेख : ज्वाला सन्देश प्रा.लि द्धारा सञ्चालित ज्वाला सन्देश अनलाइनले यसै सातादेखि ‘साताका ७ तस्विर’ श्रृंखला सुरुवात गरेको छ । तस्विर मार्फत दैलेख जिल्ला सहित समग्र कर्णालीको ऐतिहासिक, प्राकृतिक, धार्मीक एवं पर्यटकीय स्थलहरुको प्रचार–प्रसारमा टेवा पु¥याउने हाम्रो उदेश्य हो । साथै आम नागरिकहरुको दैनिकीसँग जोडिएका तस्विरहरु पनि समावेश हुनेछन् ।

यो साता दैलेखको ठाटीकाँध गाउँपालिका–१ स्थित सिराडी गाउँ, कालिकोट जिल्लाको सदरमुकाम मान्म, दुल्लु नगरपालिका–१२ गौरी लम्सुस्थित शिवालय राईढुंगा क्षेत्र लगाएतका तस्विरहरुले प्राथमिकता पाएका छन् । त्यस्तै दैलेखमा सञ्चालित दैलेख पर्यटन महोत्सव हेर्न आएका दर्शक, मरेको गिद्धलाई खोलामा बगाउन ल्याउँदै गरेका डुङ्गेश्वर गाउँपालिका–१ चुप्राको गैरीका बालबालिका, दैलेख उद्योग बाणिज्य संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित कुलबहादुर विक लगाएत सामुहिक तस्विर खिचाउँदै गरेको तस्बिरले पनि स्थान पाएका छन् ।

मरेको गिद्धलाई खोलामा बगाउन ल्याउँदै गरेका डुङ्गेश्वर गाउँपालिका–१ चुप्राको गैरीका बालबालिका । तस्बिर : हिक्मतबहादुर नेपाली ।

कालिकोट जिल्लाको सदरमुकाम मान्म । तस्विर : विशाल सुनार ।

दैलेखको ठाटीकाँध गाउँपालिका–१ स्थित सिराडी गाउँ । यो गाउँ सिलेटका छाना परम्परागत शैलीमा निर्माण गरिएका घरले पर्यटक लोभ्याउने ग्रामिण जीवनशैलीको झल्को दिएको छ । तस्विर : भक्तबहादुर शाही

दैलेख उद्योग बाणिज्य संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित कुलबहादुर विक लगाएत सामुहिक तस्विर खिचाउँदै । तस्विर : विशाल सुनार ।

नयाँ वर्ष अर्थात २०७९ वैशाख १ गते दैलेखको दुल्लु नगरपालिका–१२ गौरी लम्सुस्थित शिवालय राईढुंगाको दृष्यावलोकनका लागि आएका आन्तरिक पर्यटक । तस्विर : हिक्मतबहादुर नेपाली ।

दैलेखमा सञ्चालित दैलेख पर्यटन महोत्सव हेर्न आएका दर्शक । तस्विर : कृष्ण दैलेखी ।

नेकपा (एकिकृत समाजवादीका) सचिव मानबहादुर खड्कालाई एमालेमा स्वागत गर्दै एमाले केन्द्रीय सदस्य धर्मराज रेग्मी, अध्यक्ष रविन्द्रराज शर्मा लगाएत । तस्विर : ज्वाला सन्देश ।

प्रतिक्रिया