सल्यानमा गठबन्धन टुट्यो

सल्यान : सल्यानमा सत्तारुढ गठबन्धनका दलहरुबीच चुनावी तालमेल नहुने भएको छ । आगामी स्थानीय निर्वाचनमा तालमेलका लागि गठबन्धनबीच सहमति हुन नसकेको हो । दलहरूबीच पालिकास्तरको भागबन्डामा सहमति नजुट्दा गठबन्धन नहुने भएको छ । अब दलहरु आ–आफ्नै तरिकाले चुनावमा जाने भएका छन् ।
नेपाली कांग्रेस सल्यानका पार्टी सभापति केशबहादुर विष्टको अध्यक्षतामा आइतवार गठबन्धन संयन्त्रको बैठक बसेको थियो । बैठकले एक्लाएक्लै चुनावमा जाने निर्णय गरेको छ । दलहरूका आ–आफ्नै दाबी र अडानका कारण सहमति नजुटेपछि एक्लाएक्लै चुनावमा जाने निर्णय गरिएको विष्टले जानकारी दिए । सल्यानमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच प्रतिस्पर्धात्मक अवस्था छ ।
प्रतिक्रिया