सोसेक नेपालले जारी ग¥यो निर्वाचन आचारसंहिता (पूर्ण पाठ सहित)

सोसेक नेपालले जारी ग¥यो निर्वाचन आचारसंहिता (पूर्ण पाठ सहित)

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले निर्वाचन आचारसंहिता जारी गरेको छ । संस्थाले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित आचारसंहिता जारी गरेको उपकार्यकारी निर्देशक बसन्तकुमार श्रेष्ठले जानकारी दिए । संस्थाका पदाधिकारी, कर्मचारी तथा स्वंयमसेवकहरुका लागि लागु हुने गरी आचारसंहिता जारी गरेको उपकार्यकारी निर्देशक श्रेष्ठले बताए ।

२०७८ चैत्र २० देखि २०७९ बैशाख ३१ सम्म लागु हुने आचार संहितामा संस्थामा कार्यरत सम्पूर्ण कर्मचारी, पदाधिकारीले, नेपाल सरकार सहित सोसेक नेपालले जारी गरेको निर्वाचन सम्बन्धी सम्पूर्ण निर्देशिका र आचार संहिताको पूर्णरुपमा पालना गर्नुपर्ने उल्लेख छ ।

हेर्नुहोस् आचारसंहिताको पूर्ण पाठ :

सोसेक नेपाल निर्बाचन अचार संहिता

संस्थाले यो समय अवधि भित्र परियोजनाका कुनै पनि नयाँ कृयाकलाप गर्ने, सम्झौता गर्ने, उद्घघाटन गर्ने, कर्मचारी भर्ना गर्ने र निष्काशन गर्ने जस्ता क्रियाकलाप नगर्ने आचारसंहितामा उल्लेख छ । संस्था तथा संस्थाद्वारा संचालित परियोजना तथा कार्यक्रम अन्तर्गत यो अवधिमा भेला, तालिम, समूह छलफल, बैठक, कार्यशाला जस्ता क्रियाकलाप सञ्चालन नगरिने तर पहिले नै तय भएका तथा निरन्तर गतिबिधि जस्तै प्राबिधिक सहयोग, निरन्तर फलोअप काम गर्न बाधा नहुने आचारसंहितामा उल्लेख गरिएको छ । आचार संहिता लागु हुने समयभित्र कुनै पनि कार्यसमिति वा कर्मचारीको सरुवा, बढुवा, फेरबदल, तलब वृद्धि जस्ता कार्य नगरिने उल्लेख छ ।

आचारसंहितामा उल्लेख भए अनुसार संस्थामा कार्यरत कर्मचारी, संस्थागत कार्यसमिति सदस्यहरु कुनैपनि दलगत निर्वाचन प्रचार प्रसार जस्ता कार्यमा संलग्न तथा राजनीतिक दलका जुलुस, सभा, भेला, कुनै पनि दल गत निर्वाचन प्रचार प्रसार जस्ता कार्यमा संलग्न हुन बन्देज गरिएको छ । आचारसंहिता लागु हुने अवधीमा कुनै पनि किसिमका अनुगमन, मुल्यांकन जस्ता काम गरिने नगरिने तर चुनाबी प्रचार प्रसारमा कहिँ कतै बालबालिकाको प्रयोगको सन्दर्भमा अनुगमन गर्न पाउने र अनुगमनको प्रतिबेदन संस्थामा पेस गर्नु पर्ने संहितामा उल्लेख छ ।

यस्तै संस्थाका पदाधिकारी, सदस्य, कर्मचारी तथा स्वयम्सेवकले कुनै पनि पार्टीलाई मत वा भोट माग्ने काममा संलग्न हुन पाउने छैनन् । आचारसंहिताले कुनै पनि कर्मचारी, पदाधिकारीले दलगतको उम्मेदवारी दिन बन्देज गरेको छ । निर्वाचनको क्रममा कहिँ कतै बालबालिकाको प्रयोग भएको भेटिएमा त्यसको जानकारी सम्बन्धित निकायमा दिई उचित समाधान गर्न सहि सूचना दिन रोक नलाग्ने आचारसंहितामा उल्लेख छ ।

सबैलाई मताधिकारको सुनिश्चितताका लागि संस्थाले बैशाख २८, २०७९ देखि जेष्ठ १, २०७९ सम्म बिदा दिने आचारसंहितामा उल्लेख छ । आचार संहिता उल्लंघन भएको देखिएमा संस्थाको नियम अनुसार कार्बाई गरिने तथा संस्थाको जिम्मेवारीबाट समेत हटाउन सकिने व्यवस्था आचारसंहितामा छ ।

हेर्नुहोस् आचारसंहिताको पूर्ण पाठ :

सोसेक नेपाल निर्बाचन अचार संहिता

 

 

प्रतिक्रिया