कर्णालीमा पौडी खेल्न गएका एक बालक मृत फेला, एक अझै बेपत्ता

          |   प्रकाशित मितिः मङ्लबार, बैशाख ६, २०७९     ::: 161 पटक पढिएको   |  

अछाम : कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका अछामका दुई बालकमध्ये एक मृत फेला परेका छन्। पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ का ६ वर्षीय अभिषेक जैसी मृत भेटिएको प्रहरीले जनाएको छ।

सोही ठाउँका ११ वर्षीय विराज जैसी अझै बेपत्ता छन्। उनको खोजी भइरहेको छ। उनीहरु सोमबार कर्णाली नदीमा नुहाउने भन्दै गएका थिए।



Leave a comment

Your email address will not be published.


*