कर्णालीमा पौडी खेल्न गएका एक बालक मृत फेला, एक अझै बेपत्ता
![कर्णालीमा पौडी खेल्न गएका एक बालक मृत फेला, एक अझै बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Nadi_EO1gkNhIms_89ehzbwprx2sizna2baz1kvn9s67auj27dquxvtxgpxpkx8uee5axcrffgvy.jpg)
अछाम : कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका अछामका दुई बालकमध्ये एक मृत फेला परेका छन्। पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ का ६ वर्षीय अभिषेक जैसी मृत भेटिएको प्रहरीले जनाएको छ।
सोही ठाउँका ११ वर्षीय विराज जैसी अझै बेपत्ता छन्। उनको खोजी भइरहेको छ। उनीहरु सोमबार कर्णाली नदीमा नुहाउने भन्दै गएका थिए।
प्रतिक्रिया