पूर्वसांसद शाहको निधन

पूर्वसांसद शाहको निधन

दैलेख : राष्ट्रिय सभाका पूर्व सदस्य दीप्तप्रकाश शाहको ८६ वर्षको उमेरमा निधन भएको छ । आज मंगलवार काठमाण्डौं गैराधारास्थित निवासमा हृदयघात भएर उनको निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

नेपाली सेनाको आन्तरिक कानून व्याख्या र कारवाही गर्ने प्राड विभागका पहिलो संस्थापक शाह नेपाली सेनाको सहायक रथी थिए । २०४७ सालमा सेनाबाट अवकाश भएपछि उनि २०५८ सालमा राजाबाट राष्ट्रिय सभाका सदस्य मनोनीत भएका थिए ।

उनको जन्म विक्रम सम्वत १९९३ भदौ १४ गते दैलेखको दुल्लूमा भएको थियो । २०१८ सालमा राजारजौटे ऐन अनुसार पुराना राजाहरुको पदवी खारेज हुँदा दुल्लूका पूर्व सासद शाखका बुबा जंगबहादुर शाह अन्तिम राजा थिए ।

प्रतिक्रिया