वीरेन्द्रनगरका मेयरद्वारा अक्षयकोष स्थापना

          |   प्रकाशित मितिः शुक्रबार, बैशाख ९, २०७९     ::: 180 पटक पढिएको   |  

सुर्खेत : वीरेन्द्रनगरका नगर प्रमुख देवकुमार सुवेदीले आफ्नो पारिश्रमिकबाट १३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । सुवेदीले पारिश्रमिक बापतको सो रकम ‘रवि–जगत फाउन्डेशन’का नाउमा अक्षयकोष स्थापना गरेका हुन् ।

फाउन्डेशनले सामाजिक सेवा, पर्यावरण संरक्षण लगायतका कार्यमा सहयोग र पैरवी गर्ने जनाइएको छ । “यो संस्था गैरराजनीतिक मुनाफारहित जनहितकारी सामाजिक संस्था हुनेछ,” नगर प्रमुख सुवेदीले भने, “आफ्नो पाँच वर्षे कार्यकालमा तलब सुविधाबाट जम्मा हुन आएको केही रकममध्येबाट संस्था सञ्चालनका लागि अक्षयकोष स्थापना गरिएको हो ।”

फाउन्डेशनले गरिब, अपाङ्गता भएका, बेसहारा, दलित, महिला, जनजाति तथा पिछडिएको वर्ग र क्षेत्रका बालबालिकालाई विभिन्न सीपमुलक तालिम, प्राविधिक शिक्षा प्रदान गर्ने, आदिवासी जनजाति समुदायको हकहितका लागि आवश्यक पहल गर्ने, वातावरण संरक्षण कार्यलाई प्रर्वद्वन गर्ने उद्देश्य राखेको छ ।



Leave a comment

Your email address will not be published.


*