स्थानीय तह निर्वाचन २०७९ : दैलेखका ४६ मतदानस्थल ‘अति–संवेदनशील’

स्थानीय तह निर्वाचन २०७९ : दैलेखका ४६ मतदानस्थल ‘अति–संवेदनशील’

स्थानिय तहको निर्वाचन केन्द्रित शान्ति सुरक्षाबारे स्थलगत अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल र सुरक्षा निकायका पदाधिकारीहरु सहितको टोली ।

दैलेख : स्थानीय तह निर्वाचनका लागि मुलकभर १० हजार ७ सय ५६ मतदानस्थल तोकिएका छन् । ती मध्ये २ हजार ९ सय ४६ लाई सरकारले ‘अति–संवेदनशील’ सूचीमा राखेको छ । निर्वाचनको सुरक्षाका लागि सरकारले बनाएको ‘एकीकृत सुरक्षा योजना’ मा ‘अति संवेदनशील, संवेदनशील र सामान्य’ गरी तीन भागमा मतदानस्थलको बर्गीकरण गरिएको छ । जसमा ४ हजार ४ सय २३ ‘संवेदनशील’ र ३ हजार ३ सय ८७ लाई ‘सामान्य’ को सूचीमा राखिएको छ ।

‘एकीकृत सुरक्षा योजना’ अनुसार दैलेखमा ४६ वटा मतदानस्थल ‘अति–संवेदनशील’ सूचीमा छ । यस्तै ४५ वटा संवेदनशील र ४५ वटै सामान्यको सूचीमा छ । विगतका निर्वाचनमा झडप भएका स्थान, दलीय अस्वस्थ प्रतिस्पर्धा, खुला सीमा र भौगोलिक विकटता भएका स्थानका मतदानस्थललाई ‘अति संवेदनशील’ को सूचीमा राखिएको छ ।

 

प्रतिक्रिया