साताका ७ तस्विर

साताका ७ तस्विर

हातको सहायताले कुवाबाट पानी झिकेर पानी प्यास मेटाउँदै जिल्लाको भैरवी गाउँपालिका रावतकोट गाउँकी एक बृद्ध । उक्त गाउँका स्थानीयले खानेपानीको अभाव झेलिरहेका छन् । तस्विर : हिक्मतबहादुर नेपाली ।

दैलेख : ज्वाला सन्देश प्रा.लि द्धारा सञ्चालित ज्वाला सन्देश अनलाइनले ख ‘साताका ७ तस्विर’ श्रृंखला सुरुवात गरेको छ । तस्विर मार्फत दैलेख जिल्ला सहित समग्र कर्णालीको ऐतिहासिक, प्राकृतिक, धार्मीक एवं पर्यटकीय स्थलहरुको प्रचार–प्रसारमा टेवा पु¥याउने हाम्रो उदेश्य हो । साथै आम नागरिकहरुको दैनिकीसँग जोडिएका तस्विरहरु पनि समावेश हुनेछन् ।

यो साता हामीले हातको सहायताले कुवाबाट पानी झिकेर पानी प्यास मेटाउँदै गरेकी जिल्लाको भैरवी गाउँपालिका रावतकोट गाउँकी एक बृद्ध, स्वास्थ्य सेवा कार्यालय दैलेख, दैलेख अस्पताल परिषरमा सरसफाई गर्दै म्यादी प्रहरीको टोली, स्वास्थ्य सेवा कार्यालय दैलेख, दैलेख अस्पताल परिषरमा सरसफाई गर्दै म्यादी प्रहरीको टोली लगाएतका तस्विरलाई प्राथमिकता दिएका छौ । त्यस्तै भैरवी गाउँपालिकामा झिंगटीले छाएको घर । दैलेखको ग्रामिण भेगमा फेला परेको लोपोन्मुख हिमाली गिद्धको तस्बिरले पनि स्थान पाएका छन् ।

दैलेखको ग्रामिण भेगमा फेला परेको लोपोन्मुख हिमाली गिद्ध । डाईक्लोनिक मुक्त भएपछि दैलेखका ग्रामिण भेगमा लोपोन्मुख हिमाली गिद्द देखिने थालेका छन् । तस्विर : भक्तबहादुर शाही

भैरवी गाउँपालिकामा झिंगटीले छाएको घर । पछिल्लो समय पक्की र जस्ता पाताको घर निर्माण गर्ने क्रम बढेसँगै झिंगटीले छाएको घर लोप हुने अवस्थामा पुगेको छ । तस्विर : हिक्मतबहादुर नेपाली ।

स्वास्थ्य सेवा कार्यालय दैलेख, दैलेख अस्पताल परिषरमा सरसफाई गर्दै म्यादी प्रहरीको टोली । शनिवार म्यादी प्रहरीको टोलीले जिल्ला सदरमुकामस्थित बजार क्षेत्र, बेलासपुर मन्दिर क्षेत्र लगाएतको क्षेत्रमा सरसफाई गरेको थियो । तस्विर : ज्वाला सन्देश

स्थानीय तह निर्वाचनको लागि गुराँस गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै । यहि बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि जिल्लाको नारायण नगरपालिकामो मुख्य निर्वाचन अधिकृत र अन्य १० वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खुलेका छन् । तस्विर : दिनेश दाहालकाे फेसबुक पेजबाट

घर आँगनमै खानेपानीको धारा । डुङ्गेश्वर गाउँपालिका–२ का देउली बजार र सेर्माकोट, पैयाँचौरको असुरेनी र त्रिकुले गाउँमा खानेपानी सुविधा पु¥याउन डुङ्गेश्वर गाउँपालिका र हेल्भेटास नेपाल आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्वारा सञ्चालित कुईया देउली खानेपानी योजना सम्पन्न भएको छ । कुल ८२ लाख ६ हजार २ सय २५ रुपैयाँको लागतमा निर्माण गरिएको उक्त खानेपानी योजनाबाट स्थानीय ११६ घरधुरीमा (एक घर एक धारा) खानेपानीको सुविधा पुगेको छ । तस्विर : हिक्मतबहादुर नेपाली ।

लोपोन्मुख जाती राउटे बस्तीमा खाद्यान्न लिएर पुगेका अधिकारकर्मी एवं सोसेक नेपालका अध्यक्ष नेपालका अध्यक्ष हीरासिंह थापा र राउटे नागरिक एक अर्कालाई नमस्कार गर्दै । पछिल्लो समय अरू समुदायसँग राउटे समुदायको घुलमिल बढेको छ । तस्विर : ज्वाला सन्देश

प्रतिक्रिया