काँग्रेस नौमूले गाउँ कार्यसमिति सभापतिले गरे पार्टी परित्याग

काँग्रेस नौमूले गाउँ कार्यसमिति सभापतिले गरे पार्टी परित्याग

 

दैलेख : नेपाली काँग्रेस नौमूले गाउँ कार्यसमिति सभापति गंगबहादुर शाहीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । २०५८ सालदेखि नेपाली काँग्रेसमा आबद्ध थिए । काँग्रेसको १३ औँ महाधिवेशन र हालै सम्पन्न १४ औँ महाधिवेशनबाट नौमूले गाउँ कार्य समितिको सभापतिमा निर्वाचित शाहीले यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

सोमवार उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्दा पार्टीमा योगदान गरेका नेता कार्यकर्ताको अवमुल्यन गर्दै पैसावाला सिमित दलाल, ठेकेदार तथा भ्रष्टहरुलाई टिकट बिक्री गर्ने पार्टीका केहि दलाल नेताहरुका विरुद्ध घोर आपत्ती प्रकट गर्दछु ।’

विज्ञप्तीमा भनिएको छ,‘पार्टीमा दुख संघर्ष गर्ने कार्यकर्ताहरुको भविष्य समाप्त बनाईदिने तत्वहरुलाई खबरदारी गर्दै आजकै मितिबाट नेपाली काँग्रेस पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने निर्णय गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु ।’ उनले नौमूले गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएको स्रोतले बतायो ।

प्रतिक्रिया