केन्द्रीय गठबन्धनको निर्णय कार्यान्वयन गर्न निर्देशन

केन्द्रीय गठबन्धनको निर्णय कार्यान्वयन गर्न निर्देशन

दैलेख : सत्ता गठबन्धनमा रहेको दलहरुले केन्द्रीय गठबन्धनले गरेको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । दैलेखस्थित नेपाली काँग्रेसका सभापति मणिराम रेग्मीको अध्यक्षमा बसेको सत्ता गठबन्धनमा रहेका दलहरुको बैठकले उक्त निर्देशन जारी गरेको हो ।
काँग्रेस सभापति मणिराम रेग्मी, नेकपा (माओवादी केन्द्र)का संयोजक प्रेमबहादुर कटुवाल क्षेत्री, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष बरुनाथ योगी र राजमोका कावा अध्यक्ष लोकपाल थापाद्धारा हस्ताक्षरित विज्ञप्तीमा केन्द्रीय गठबन्धनको बैशाख १४ गते परिपत्र विज्ञप्ती लागु गर्न दलहरुलाई यथाशिघ्र दिर्नेशन दिने निर्णय गरेको उल्लेख छ ।

हेर्नुहोस् बुधबारको बैठकपछि जारी गठबन्धनका शीर्ष नेताको संयुक्त विज्ञप्ति

प्रतिक्रिया