उपमेयरको पद खोसिएपछि जिल्ला अध्यक्षलाई कारवाहीको माग

          |   प्रकाशित मितिः आइतवार, बैशाख १८, २०७९     ::: 143 पटक पढिएको   |  

सुर्खेत :  सल्यान बनगाड कुपिण्डे नगरपालिकाको उप मेयर पदकी उम्मेदवार चम्फा पुरीले आफ्नो सहमतिविना नै पार्टीले आफ्नो उम्मेदवारी फिर्ता लिएको प्रति असन्तुष्टि जनाएकी छन् ।

शनिबार एक विज्ञप्ती जारी गर्दै अलोकतान्त्रिक, स्वेच्छाचारी र अराजनीतिक तरिकाले आफ्नो उम्मेदवारी फिर्ता लिएको भन्दै एमाले जिल्ला अध्यक्ष र नगर प्रमुख पदका उम्मेदवार गोविन्द कुमार पुनलाई कारवाहीको माग गरिएको छ ।

आफ्नो सहमति बेगर प्रदेश अध्यक्ष विनोद कुमार शाहको पत्रको आधारमा उम्मेदवारी फिर्ता लिएकाले एमालेले भन्ने गरेको विधि र पद्दतिको उपहास भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 



Leave a comment

Your email address will not be published.


*