दशवटै जिल्लामा पुग्यो मतपत्र

दशवटै जिल्लामा पुग्यो मतपत्र

सुर्खेत : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कर्णाली प्रदेशका १० वटै जिल्लामा मतपत्र पुगेका छन् । आइतबार बिहानसम्म कर्णालीका सबै जिल्ला अनुसार पालिकामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको बताइएको छ ।

कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन आयोग नेपालबाट पठाएको मतपत्र सहित अन्य ५८ प्रकारका निर्वाचन सम्बन्धित सामाग्री १० जिल्लामा पुगेका छन् ।

यस्तै, कर्णाली प्रदेशको हिमाली जिल्लामा हुम्ला, मुगु र डोल्पमा भने सुर्खेतबाट हेलिकोप्टरमार्फत मतपत्र ढुवानी गरिएको छ ।

कर्णाली प्रेदश निर्वाचन कार्यालयका सुचना अधिकारी निर्मला देवकोटाले कर्णालीका तीन जिल्लामा हेलिकोप्टरबाट र अन्य जिल्लामा गाडीमार्फत मतपत्र ढुवानी गरिएको बताइन् । कर्णाली प्रदेशभरि १० लाख एक हजार दुइ सय ८२ मतदाता रहेका छन्,’ उनले भनिन्, ‘सबै जिल्लामा रहेका भएका मतदाता भन्दा केही प्रतिशत मतपत्र थपेर निर्वाचन आयोगले पठाएको छ ।’

निर्वाचन कार्यालयले मौन अवधि सुरु हुनुअघि नै सबै मतपत्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगिसक्ने जनाएको छ ।

प्रतिक्रिया