देउतीबज्यै मन्दिर जाने पुलमा भ्वाङ, स्थानीय सरकार रमिते

देउतीबज्यै मन्दिर जाने पुलमा भ्वाङ, स्थानीय सरकार रमिते

सुर्खेत : कर्णाली प्रदेशको राजधानी प्रवेशद्धार नजिकै चर्चित धार्मिक स्थल हो देउती बज्यै मन्दीर । यो मन्दिर सुर्खेतमा मात्र नभएर नेपालभरि सुर्खेतको देउती बज्यै मन्दिर भनेर चिन्दछन् ।

यो मन्दीरमा सुर्खेत जिल्लाका मात्रै नभएर कर्णाली प्रदेशका जिल्ला र अन्य प्रदेशका जिल्लाबाट दैनिकजसो नागरिकहरु पूजाका लागि पुग्ने गर्दछन् । प्रदेश सरकारका मन्त्री सांसद देखि नगरपालिका जनप्रतिनिधि कर्मचारी यहि पुलमा टेकेर मन्दिरमा प्रवेश गर्छन ।

प्रदेश राजधानीको वीरेन्द्रनगर नगरपालिका–११ मा अवस्थित यो मन्दीर पुग्नु पूर्व ५० मिटरको दुरीमा रहेको पिपिरा खोलामा निर्माण गरिएको पुलमा भ्वाङ पर्दा पनि स्थानीय र प्रदेश सरकार रमिते बनेको छ ।

यो पुलमा भ्वाङ परेको महिनौंअघि देखी हो । पुलको विच भागमा ठुलो प्वाल परेको छ । भ्वाङ पर्दा सवारी साधन यतागती गर्न निकै असहज भएको छ । तर महिनौ वित्दा पनि वडादेखी प्रदेश सरकार रमिते बनेको स्थानीयको गुनासो छ ।

पुलमा भ्वाङ परेको विषयबारे निकै चर्चा भएपनि सरोकारवाला निकाय गम्भीर नहुँदा सम्भावित जोखिम रोक्न सुर्खेत उद्योग बाणिज्य संघले सामाजिक संजाल मार्फत ध्यानाकर्षण गराएको छ ।

प्रदेश सभा सांसद पद्मा खड्कासहित पुलको अवस्थाबारे जानकारी लिएको संघ अध्यक्ष लक्ष्मण कँडेलले अर्को दुर्घटना हुनबाट रोक्न पुलको मर्मतमा गम्भीर बन्न आग्रह गरेका छन् ।

 

प्रतिक्रिया